पटना : बिहारका मुख्यमन्त्री नीतीश कुमारले विधान सभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि राजीनामा दिने तयारी गरेका छन्। उनले मौजुदा १७ औँ विधान सभा विघटन सिफारिस गर्दै राज्यपाललाई राजीनामा बुझाउने बताइएको छ।
नीतीशको राजीनामापछि एनडीए गठबन्धनको बैठक बसेर नयाँ नेता चयन गरिनेछ। निर्वाचनअघि नै सहमति भइसकेकाले नीतीश कुमार नै पुनः मुख्यमन्त्री बन्ने लगभग निश्चित मानिएको छ।
नयाँ कार्यकालका लागि १९ वा २० नोभेम्बरमा गान्धी मैदानमा शपथ समारोह आयोजना गर्ने तयारी भइरहेको छ।