Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पश्चिमी र मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी र मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ  :  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट