काठमाडौँ : हिम पावर हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।कम्पनीका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरिने भएको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।
१० लाख १४ हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दामा निष्काशन गरिने कम्पनीले जनाएको छ ।यस्तै, ६ लाख ७६ हजार कित्ता बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दामा निष्काशन गरिने भएको छ ।त्यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशत ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको ४ लाख २२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिने भएको छ ।कम्पनीको आईपीओ प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij