Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

नेपाल जेनजी फ्रन्टले सुरु गर्‍यो मतदाता सचेतना अभियान

नेपाल जेनजी फ्रन्टले सुरु गर्‍यो मतदाता सचेतना अभियान

काठमाडौं : नेपाल जेनजी फ्रन्टका सदस्यहरूले मतदाता सचेतना अभियान सुरु गरेका छन् । जेनजी फ्रन्टका सदस्यहरू अमृता बन र ऋषि थापाको नेतृत्वमा फ़रीद अलीलगायत अभियानताहरुले कोटेश्वर क्षेत्रबाट मतदाता सचेतना तथा मतदाता नामावली दर्ताका लागि अभियान सुरु गरेका हुन् ।

अभियान अन्तर्गत टोलीले घरदैलो कार्यक्रम सञ्चालन गर्दै नागरिकहरूलाई मतदाता परिचयपत्र अनलाइनबाट समेत बनाउन सकिने प्रक्रियाबारे जानकारी गराएको छ । साथै कात्तिक ३० भित्र दर्ता गरिसक्न आग्रह गरेका छन् । कार्यक्रम संयोजक अमृता बनले भनिन,’हामीले धेरै जिम्मेवार नागरिक भेट्यौं तर धेरैलाई अझै अनलाइन दर्ता प्रक्रिया थाहा थिएन। त्यसैले हामीले घरमै गएर जानकारी दिने निर्णय गर्‍यौं।’ संयोजक बनका अनुसार, यो अभियानलाई यस महिनाभर निरन्तरता दिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट