काठमाडौँ : एभरेस्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा २०८२/०७/१२ मा सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको हो ।
यसैगरी सभाले सेयर धनीहरूलाई ६.५ प्रतिशत बोनस सेयर र १४.५ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।साथै, सभाले आर्थिक वर्ष २०८२/८३ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij