Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

भरतपुर बुद्धचोकमा सेल्सबेरीको दोस्रो शाखाको सेवा सुरु

भरतपुर बुद्धचोकमा सेल्सबेरीको दोस्रो शाखाको सेवा सुरु

चितवन : चितवनको भरतपुरमा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको सेल्सबेरी चितवनले आफ्नो दोस्रो शाखा भरतपुर महानगरपालिका–७ स्थित बुद्धचोकमा सञ्चालनमा आएको छ ।  

घटस्थापनाको अवसर पारेर यही असोज २५ गतेदेखि नयाँ शाखा सञ्चालन सुरू भएको हो । नयाँ शाखा विस्तारसँगै बुद्धचोक तथा आसपासका क्षेत्रका उपभोक्ताले सहज रूपमा किनमेल सेवा प्राप्त हुदां स्थानिय हर्षित छन् ।
उपभोक्ताको चाहना, आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याईएको सिबिसीका कार्यकारी अध्यक्ष दिनुप बरालले बताउनुभयो।

उहाँका अनुसार उपभोक्तालाई सहज, व्यवस्थित र गुणस्तरीय किनमेलको अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित शाखा विस्तार भएको छ । शुभारम्भको अवसरमा ५ प्रतिशत छुटसहित विभिन्न अफर रहेको बरालले बताउनुभयो । 
बुद्धचोकमा नयाँ शाखा सञ्चालनमा आएसँगै सेल्सबेरी चितवनले आफ्नो सेवा क्षेत्र थप विस्तार गर्न सफल भएको हो । चाडपर्वको समयमा उपभोक्तालाई आवश्यक सामग्रीको किनमेल सहज बनाउन पनि नयाँ शाखाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट