Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

रास्वपाले घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव

रास्वपाले घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालयका लागि घर तथा जग्गा खरिद गर्न जग्गाधनीबाट प्रस्ताव आह्वान गरेको छ । रास्वपाले आज सार्वजनिक सूचना जारी गरी २१ दिनभित्र प्रस्ताव पेश गर्न घर तथा जग्गा धनीलाई आग्रह गरेको हो ।  पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने केन्द्रीय समितिको निर्णयबमोजिम घर, जग्गा खरिद गर्न खोजिएको रास्वपाले जनाएको छ । 

रास्वपाले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा खरिद गरिने जनाएको छ । रास्वपाले जारी गरेको सूचनामा काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको वा चक्रपथ नजिक, कम्तीमा ३ (तीन) रोपनी, प्रशासनिक काम, ठूला बठैक तथा छलफल गर्न मिल्ने भवन भएको, वा त्यस्तो भवन बनाउन मिल्ने खाली जग्गा, कार्यालयमा आउने कार तथा मोटरसाइकल राख्न पग्ने खाली ठाउँ भएको, मुख्य सडकसम्म सजिलै पुगिने, कम्तीमा २० फिट चौडा पक्की बाटोले छोएको, जग्गाको स्वामित्वमा कुनै कानुनी विवाद नरहेको र कुनै पनि बैंक तथा वित्तीय संस्थामा रोक्का रहेको घर तथा जग्गा धनीले प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij