Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो

सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो

काठमाडौँ : यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो। यसअघि असोज १७ गतेका दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको थियो। 

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए तापनि यस वर्ष भने सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको छ। मनसुनको बहिर्गमन भइसके पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्नेभएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij