काठमाडौं : साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले संसदीय सुनुवाइका क्रममा दिएको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउन संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले निर्देशन दिएका छन्।
बुधबार समितिमा भएको सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूत सुनारमाथि आर्थिक विषय तथा महिला हिंसासम्बन्धी प्रश्न उठाएका थिए। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सुनारले प्रयोग गरेको ‘ल्याङ हान्न आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन सभापति श्रेष्ठले निर्देशन दिएका हुन्।
सुनुवाइका क्रममा सुनारले ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ को प्रसंग उल्लेख गर्दै, “१३ वर्षपछि कामीको छोरालाई ल्याङ गर्न किन आइ?” भन्ने अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिपछि सभापति श्रेष्ठले सम्बन्धित शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij