Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

नारायणी नदी किनारमा शङ्कास्पद वस्तु फेला

नारायणी नदी किनारमा शङ्कास्पद वस्तु फेला

नवलपुर : नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका ३ नारायणी हाइट (नारायणी नदी किनारमा) शङ्कास्पद वस्तु फेला परेको छ । आज दिउँसो साढे १२ बजे तिर नारायणीको किनारमा शङ्कास्पद वस्तु फेला परेको नवलपुर प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा श्री बन तथा पर्यावरण सुरक्षा गण हात्तीखोर ब्यारेकको सेना र प्रहरीको टोली पुगेको छ । 

यस अघि नारायणी नदी किनारमा भेटिएको २  शङ्कास्पद वस्तु स्थानीय घर ल्याई फोरि हेर्दा विस्फोट भई ३ जना घाइते भएको थियो । यो शङ्कास्पद वस्तु केही नदी अघि बूढीगण्डकीमा आएको बाढीले बगाएर ल्याएको प्रहरीले आशङ्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij