काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५.१७ अंकले घटेर २५६६.१६ को विन्दुमा रोकिएको छ। आजको कारोबारमा ३२१ कम्पनीका एक करोड १५ लाख एक हजार २८४ कित्ता सेयर किनबेच भएका छन्।
कुल ५० हजार ४८७ पटक खरिदबिक्री हुँदै पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँ बराबरको कारोबार भएको हो।
क्षेत्रगत सूचकहरू मध्ये होटेल तथा पर्यटन २.१५ प्रतिशत, जलविद्युत् ०.०१ प्रतिशत, लघुवित्त ०.१३ प्रतिशत र व्यापार समूह २ प्रतिशतले बढेका छन्। अरू सबै समूहका सूचक घटेका छन्। बैंकिङ ०.३४, विकास बैंक ०.९१, वित्त ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८, म्युचुअल फन्ड ०.०८, निर्जीवन बीमा ०.१९ र अन्य समूह १.२० प्रतिशतले घटेका हुन्।
आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी ज्योति विकास बैंक बन्ड–२०८७ को मूल्य ५.६६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो, जसको कारोबार रकम २३ करोड ६५ लाख २९ हजार १४३ रुपैयाँ पुगेको छ।
त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा प्रभु बैंक लिमिटेडका ६ लाख १४ हजार ५९ कित्ता सेयर किनबेच भएका छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij