Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

३६ प्रतिशतले बढ्यो अलैँची निर्यात

३६ प्रतिशतले बढ्यो अलैँची निर्यात

काठमाडौँ : अलैँची निर्यात ३६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) मा १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको १०७२.२० मेट्रिक टन अलैँची निर्यात भएको छ । उक्त अलैँची भारततर्फ निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ बराबरको ७८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष भन्दा चालु वर्षमा ३६.७० प्रतिशतले निर्यात परिमाण बढी रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij