काठमाडौँ : चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब बराबरको सुन आयात भएको छ । २०८२ साउनदेखि असोज मसान्तसम्ममा ११ अर्ब बराबरको १०५ किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ । यसमध्ये १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँको ६०१ किलो काँचो सुन आयात भएको भन्सार विभागले जनाएको छ । यस्तै ४७ करोड ७४ लाख ६० हजार रुपैयाँको सुनका गरगहना आयात भएको उल्लेख छ ।
अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँको १०० किलो काँचो सुन र ९४ करोड ६८ लाख १२ हजार रुपैयाँ बराबरको करिब ४ किलो गरगहना आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । २०८२ असोज मसान्तसम्ममा २० करोड १३४ लाख रुपैयाँ बरबरको १९०७१ किलो काँचो चाँदी आयात भएको छ । यस्तै १६ अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८१३० किलो चाँदीको धुलो र १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको ९९४४० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको छ ।
अघिल्लो वर्ष यसै अवधिमा १० हजार रुपैयाँको ३० ग्राम काँचो चाँदी आयात भएको थियो । यस्तै ७३ करोड १६ लाख २३ हजार रुपैयाँको ५४६५ किलो चाँदीको धुलो आयात भएको थियो । यस्तै ५ करोड २८ लाख रुपैयाँ बराबरको ४०० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij