चितवन — अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिको पहिलो जिल्ला पदाधिकारी बैठक एनपीआई ओरालोमा सम्पन्न भएको छ। बैठकले हालै २३ गते राज्य संयन्त्रबाट जेन जि आन्दोलनमाथि भएको दमनप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यस घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ।
बैठकले आन्दोलनका क्रममा सहिद भएका र घाइते युवाहरूलाई राज्यले सम्मानका साथ न्याय दिलाउनुपर्ने माग राखेको छ। साथै, २४ गते भएको घुसपैठ र षड्यन्त्रपूर्ण गतिविधिको सत्यतथ्य छानबिन गर्न सरकारसँग जोडदार आग्रह गरिएको छ।
जेन जि पुस्ताका जायज मागहरूको समर्थनमा अखिल (क्रान्तिकारी) चितवनले जिल्ला व्यापी हस्ताक्षर अभियान सुरु गर्ने र प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको जनाएको छ।
बैठकले आन्दोलनलाई संगठित, अनुशासित र विचारवान् रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भनिएको छ —
“जेन जि पुस्ताको आवाज देशको भविष्य हो, त्यस आवाजलाई थिच्ने जो कोही पनि लोकतान्त्रिक मूल्यका विरोधी हुन्।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij