Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

फिल्म ‘अन्धपथ’को नाममा ३० लाख ३५ हजार ठगी, एक जना कारागार चलान

फिल्म ‘अन्धपथ’को नाममा ३० लाख ३५ हजार ठगी, एक जना कारागार चलान

काठमाडौँ : निर्माणकाे क्रममा रहेकाे फिल्म अन्धपथको नाममा ठगी भएको खुलेको छ। सुटिङको लागी अमेरिका लैजाने प्रलोभन देखाएर ठगेको जाहेरी परेपछि प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो । बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरमा ३० लाख ३५ हजार ठगी भएको उजुरी परेको हो।

फिल्म निर्माण टोलीले नेपालगञ्जका कुशलराज न्यौपानेबाट ठगी गरेको उजुरी परेपछि त्यसबारे अनुसन्धान गरिएको कोहलपुरका डीएसपी चक्र बहादुर डम्बरपालले रातोपाटीलाई बताए । उनले भने, ‘एक जना पक्राउ गरेका थियौँ।’

प्रहरीले कोहलपुर नगरपालिका–११ मा होटल सञ्चालन गर्दै आएकी पानसरा कुमारी थापालाई पक्राउ गरेको थियो। उनलाई अदालतको आदेश अनुसार बिहीबार पुर्पक्षका लागी कारागार चलान गरिएको डीएसपी डम्बरपालले जानकारी दिए।

निर्माता रामजी लम्साललाई पनि सरकारी वकिलले मुद्दाको प्रतिवादी बनाएर अभियोग दायर गरेको थियो । लम्साल फरार छन्। २०८४ सम्म फिल्म निर्माण सम्पन्न गर्नुपर्ने भनेर उनीहरुले चलचित्र विकास बोर्डबाट आर.जे ट्वान्टी फोर मिडिया प्रालिको नाममा इजाजत लिएका थिए। तर, समय छोटो भएको र अमेरिका लैजाने नाममा लगेको रकम फिर्ता नदिएको भन्दै पीडित युवकले प्रहरीमा उजुरी गरेका हुन्।

निर्माण टिमले २०८१ माघ ३० मा फिल्मको घोषणा गरेको । उनीहरुले राजेश हमाल र मिस पविले पनि फिल्म खेल्ने भन्दै आएका थिए। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij