Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

टाटा सुमो जिपलाई बसले ठक्कर दिँदा पाँच जना घाइते

टाटा सुमो जिपलाई बसले ठक्कर दिँदा पाँच जना घाइते

भरतपुर : भरतपुर महानगरपालिका वडा नं–२९, दासढुङ्गास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा टाटा सुमो जिपलाई बसले ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ज १ ज १९६ नम्बरको टाटा सुमो जिपलाई सोही दिशा पछाडिबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०७ नम्बरको बसले ठक्कर दिँदा बसमा सवार पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा नवलपुरको कावासोती नगरपालिका वडा नं–९ बस्ने ४५ वर्षीया कल्पना सिग्देल, रामेछाप घर भएका वतन नखुलेका ७५ वर्षीय मानबहादुर मगर, गोरखाको पालुङटार नगरपालिका वडा नं–५ बस्ने ३२ वर्षीया निलम श्रेष्ठ, सोही ठाउँ बस्ने ३२ वर्षीया सङ्गीता गुरूङ श्रेष्ठ र ३३ वर्षीया शान्ता सुनार रहेका छन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र बस चालक स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं–४ बस्ने ३१ वर्षीय प्रेमबहादुर नेपाली र सुमो चालक कन्चनपुरको पुनर्वास नगरपालिका वडा नं–६ बस्ने ७० वर्षीय प्रेमबहादुर थापा क्षेत्री प्रहरी चौकी जुगेडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट