Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

लोथरमा बस र म्याजिक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

लोथरमा बस र म्याजिक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

चितवन : मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ लोथरमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान ३ बजेर १५ मिनेटको समयमा दुर्घटना हुँदा म्याजिक गाडीका चालक मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा कोइरालाको खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भई उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पटाइएकोमा शुक्रवार बिहान ४ बजेर १५ मिनेटको समयमा मृत्यु भएको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लोथर बजारमा चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०३–००६ ख ५६८१न.को बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३०१२ नं.को म्याजिक खाली गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

मृतकको शव चितवन मेडिकल कलेज भरतपुरमा रहेको छ भने बस चालक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट