Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गैँडाको आक्रमणबाट नेपाली सेनाका एक सिपाही घाइते

गैँडाको आक्रमणबाट नेपाली सेनाका एक सिपाही घाइते

चितवन : माडी नगरपालिका वडा नं–१ स्थित राष्ट्रिय निकुञ्जभित्र ध्रुव पोस्टबाट नजिकै सडकबाट ५० मिटरभित्र जंगलमा बुधबार मध्याह्न १२ः३० बजे गैँडाको आक्रमणबाट नेपाली सेनाका एक सिपाही घाइते भएका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नं–३१ घर भई नयाँ गोरख गण कसरामा कार्यरत नेपाली सेनाका सिपाही २० वर्षीय अभिमन्यू खाँ चौधरी गस्ती जानेक्रममा बच्चासहितको गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।

गैँडाको आक्रमणबाट बाँया खुट्टा, हात, अनुहार र छातीमा भित्री चोट लागेर घाइते चौधरीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा नेपाली सेनाका जमदार उद्यवबहादुर थापा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट