Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बाग्लुङ समाजको बार्षिकोत्सवमा रक्तदान

बाग्लुङ समाजको बार्षिकोत्सवमा रक्तदान

चितवन : बाग्लुङ जिल्लाको साविक मुलपानी गाउँपालिकाबाट बसाई सराई गरी चितवन तथा पूर्वी नवलपरासीको नवलपुर इलाकामा बसोबास गर्ने बाग्लुङेहरुको संस्था बाग्लुङ मुलपानी चितवन, नवलपुर समाजले आफ्‌नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा २०७८ साल फागुन २७ गते विधिवत दर्ता भएको दिनलाई स्थापना दिवस मानि प्रत्येक वर्ष स्थापना दिवसका मनाउँदै आएको छ ! समाजले बार्षिकोत्सवको अवसरका रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले बुधवार नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त संचार केन्द्र ,भरतपुर अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

समाजका अध्यक्ष ध्रुव प्रसाद निउरेको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्त (हरि)को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पन्तले समाजले आवधिक रुपमा विभिन्न सामाजिक कार्यहरु गरी मुलपानीवासीलाई बसाई सराई गरि सकेको अवस्थामा पनि एकतावद्ध गरेको, आफ्‌नो जन्म थलो मुलपानीको परिचय चितवन तथा नवलपुरमा समेत स्थापित गरेकोमा आफुलाई अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्नु हुँदै आफु समाजको सल्लाहकार भएकोमा गर्व लागेको वताउनु भएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष निउरेले समाजले देवघाट सरसफाई गर्ने, सदस्यहरुको स्वास्थ्य परीक्षण गर्ने, क्षमता अभिवृद्धि हुने तालिम तथा गोष्टीहरु आयोजना गर्ने, असहायहरुलाई भोजन गराउने, वर्षमा एक पटक जन्म थलोको भ्रमण गर्ने र त्यहाँ सेवा गर्ने देखि सुख दुखमा सबै एक हौँ भन्ने भावनाका साथ सुख, दुख साटासाट गरिरहेको र आगामी दिनमा पनि अझै नयाँ नयाँ कार्यक्रमहरु सहित समाजका गतिविधिहरुलाई सक्रिय बनाउने भन्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । समाजका सचिव पिताम्बर पन्तले सञ्चालन गरेको उक्त कार्यक्रममा सचिव पिताम्बर पन्त, कोषाध्यक्ष यज्ञ कुमार सापकोटा, समाजका आजीवन सदस्य सुरज के.सी, कोपिला निउरे, बिक्रम निउरे, भरतपुर १२ निवासी सङ्गिता गौतम, बिकास पाण्डेय, काठमाडौ निवासी आयुस पन्त, भरतपुर २२ निवासी बिनोद ढकाल र बर्दघाट निवासी थानेश्वर पौडेल सहित १० जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट