भरतपुर : भरतपुर महानगरपालिका वडा नं-१, पोखरा बसपार्कनजिकै बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । तनहुँबाट दाङ जाँदै गरेको ग १ ख ९९७७ नम्बरको बसले सडक पार गर्न लागेका नामथर, वतन नखुलेका अन्दाजी ३० वर्षका पैदलयात्री गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा मंगलबार राति १०ः२५ बजे डाक्टरले मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार बस तथा बस चालक तनहुँको भानु नगरपालिका वडा नं-२ बस्ने ४७ वर्षीय पुन्टबहादुर सारुलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ । मृतकको पहिचान खुलेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij