Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

माडी क्याम्पसको स्ववियू निर्वाचनमा सभापति पदमा विकास ओझाको उम्मेदवारी घोषणा

माडी क्याम्पसको स्ववियू निर्वाचनमा सभापति पदमा विकास ओझाको उम्मेदवारी घोषणा

माडी : आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्तरगत माडी क्याम्पसको सभापति पदमा विकास ओझाले उम्मेदवारी घोषणा गर्नुभएको छ । ओझाले सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिने सार्वजनिक गर्नुभएको हो ।

आफू राष्ट्रिय स्वतन्त्र पार्टीको माडी नगर समितिमा रही क्रियाशील रहेपनि सो पार्टीको विद्यार्थी भातृ संगठन नरहेको भन्दै ओझाले सभापति पदमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी स्पर्धामा होमिएको स्वदेशलाई जनाउनुभयो ।

हाल उहाँ माडी क्याम्पस स्व।वि।यु।को सचिव रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते देशभरका क्याम्पसहरुमा निर्वाचन घोषणा गरेको अवस्था छ । माडी क्याम्पसमै सभापति पदमा यसअघि नेकपा (एस) समर्थित विद्यार्थी संगठनबाट मिरन दनुवारको उम्मेदवारी घोषित छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट