रत्ननगर : नेपाल चेपाङ संघ चितवनको अध्यक्षमा पुनः भीमबहादुर चेपाङ चयन भएका छन् । बुधबार रत्ननगरस्थित नेपाल चेपाङ संघको केन्द्रीय कार्यालयमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट भीमबहादुर चेपाङकै नेतृत्वमा हाललाई १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा हाललाई १४ सदस्य चयन गरिएको हो । ‘बाँकी तीन सदस्य पछि मनोनित गर्ने छन्,’ उनले भने, ‘त्यसकारण हाललाई १४ सदस्यीय कार्यसमिति मात्रै चयन गरिएको हो ।’ समितिको उपाध्यक्षमा इन्द्रजीत चेपाङ, सचिवमा सौरभ चेपाङ, सहसचिवमा सुजेन्द्र चेपाङ र कोषाध्यक्षमा सूर्यबहादुर चेपाङ चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा भने विकास चेपाङ, राजबहादुर चेपाङ, कृष्णबहादुर चेपाङ, गयासिंह चेपाङ, सफल चेपाङ, सारा चेपाङ, हिक्मत चेपाङ, गोपाल चेपाङ र जगतबहादुर चेपाङ चयन भएको संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए
। नेपालको सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ जाति चितवनसहित २६ जिल्लामा फैलिएको छ । तर, विशेष गरी चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ जातिको मुुख्य बसोबास रहेको जिल्लाभित्र पर्दछन् । पछिल्लो समय विभिन्न कारणले यिनै क्षेत्रबाट अन्य जिल्लामा समेत बसोबास गर्न थालेपछि हाल २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij