Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर भरतपुरमा बृहत् साइकल र्‍याली

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर भरतपुरमा बृहत् साइकल र्‍याली

भरतपुर : राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसर पारेर बुधबार भरतपुरमा बृहत् साइकल र्‍यालीको आयोजना गरिएको छ । भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको आयोजना, चितवन साइकल राइसर्ड क्लबको प्राविधिक सहयोग तथा डि .आर. साइकल स्टोर्स, नारायणघाटको मर्मत सम्भार सौजन्य साथै रोटरी क्लब अफ चितवन र नेपाल पत्रकार महासंघ चितवन शाखाको सहकार्यमा बृहत् साइकल र्‍यालीको आयोजना गरिएको हो ।

साइकलको प्रयोग गर्ने संस्कृतिलाई प्रर्वद्धन गर्ने उद्देश्यले cycling for health भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त साइकल र्‍यालीमार्फत वातावरण संरक्षण प्रति समुदायमा सचेतना जगाउने उद्देश्य पनि रहेकाे कार्यक्रमका संयोजक डा. दीपेन्द्र न्यौपानेले जानाकारी गराउनु भयो ।भरतपुर अस्पतालवाट शुरु भएको उक्त र्‍याली वाईपास रोड हुँदै पवित्र धार्मिक स्थल देवघाटधाम पुगेर फर्किएपछि भरतपुरको चौबिसकोठीमा आएर समापन भएको थियो ।

करिब १२५ जना साइकल राइडर्सको सहभागिता रहेकाे उक्त कार्यक्रम भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. दीपेन्द्र न्याैपानेले संयोजन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पाैडेल, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पौडेल, अस्पतालका म्यानेजर डा. विज्ञान पाैडेल, रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्मा, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुली, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँलगायतले मन्तव्य राख्नुभएको थियो ।र्‍यालीको प्राविधिक संयोजन चितवन साइकल राइडर्स क्लबद्वारा गरिएको साइकल संस्कृतिका अभियन्ता धर्मराज सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट