Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सपना भिलेजद्वारा ७६ घरधुरीलाई सुधारिएको चुलो वितरण

सपना भिलेजद्वारा ७६ घरधुरीलाई सुधारिएको चुलो वितरण

कालिका : सौराहा स्थित सपना भिलेज सोसियलल इम्प्याक्टले कालिका नगरपालिका वडा नं. २ भरिका ७६ घरधुरीलाई बुधवार सुधारिएको चुलो वितरण गरेको छ ।कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, नगर उपप्रमुख विमला तामाङ, वडा अध्यक्ष लक्ष्मण पौडेल, ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, वडा सदस्यहरुले संयुक्त रुपमा विपन्न समुदायलाई चुलो हस्तान्तरण गरेका थिए । सपना भिलेज सोसियलल ईम्प्याक्टका अध्यक्ष गिरीले सामुदायिक बनबाट दाउरा पाउन समेत गाह्रो र दाउराबाट पकाउँदा धुवाले असर गर्ने भएकाले थोरै रमक लिएर वडाबासिहरुलाई सुधारिएको चुलो वितरण गरेको जानकारी दिए । रत्ननगर– ८ चित्रसारीमा चुलो निर्माण गर्ने उद्योग सञ्चालन गरेको उनको भनाई छ । रु २५ सय पर्ने यो चुलो वडाबासिहरुलाई न्यूनतम शुल्क लिएर वितरण गरेको उनले बताए ।

सुधारिएको चुलोबाट ७५ देख ८० प्रतिशत सम्म धुवा कम निस्कने भएकाले मानव स्वास्थ्यलाई असर नगर्ने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रेग्मीले सपना भिलेजले कालिकाका नगरपालिकासंग विभिन्न सहकार्यहरु गर्दै आएकोमा आगामी दिनहरुमा पनि यस्तै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । प्राप्त गर्ने वडाबासिहरुलाई पाएको सुधारिएको चुलोको सहि सदुपयोग गर्न आग्रह गरे । वडा अध्यक्ष लक्ष्मण पौडेलले सुधारिएको चुलो मावनको स्वास्थ्य देखि वातावरण सुद्धता राख्न मद्धत गर्ने भएकाले वडाबासिलाई चुलो बितरण गरिएको बताए ।

सुधारिएको चुलोको प्रयोगले दाउरा कम प्रयोग हुँने भएकाले केही मात्रामा वन जंगल जोगिने बताए । कार्यक्रममा, वडा सदस्य चित्र वहादुर भण्डारी, शान्ति महतो, चन्द्र रेखा वि.क, बेली कुमारी गुरुङ लगाएतको उपस्थिति रहेको थियो । यो सँगै सपना भिलेजले इच्छाकामना र रत्ननगरका एक हजार ५० घरधुरीलाई चुलो वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट