भरतपुर : चितवनका अग्रज पत्रकार सुमन गैरे प्रेस सेन्टर नेपाल बागमती प्रदेशको सचिव पदमा निर्विरोध निर्वाचित भएका छन्।प्रेस सेन्टर नेपालको सिन्धुपाल्चोकमा फागुन ५ र ६ गते सम्पन्न पाँचौं अधिवेशनबाट गैरे सर्वसम्मत रुपमा सचिव पदमा निर्वाचित भएका हुन्।यसअघि पनि सचिव पदमा रहेका गैरे चित्रवन सन्देश साप्ताहिक पत्रिका र चित्रवन न्यूज डट कमका सम्पादक हुन्।
त्यसैगरी अध्यक्ष पदमा हेटौँडाका युवा पत्रकार ध्रुव अधिकारी पनि सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। त्यसैगरी चितवनबाट कार्यसमिति सदस्यमा अनिल अधिकारी, सन्तोष बस्ताकोटी र शिलापाठक निर्वाचित भएका छन् भने लेखा समितिको संयोजक पदमा बालगोविन्द न्यौपाने चयन भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij