Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पत्रकार भुपराज पाठकको निधन

पत्रकार भुपराज पाठकको निधन

चितवन : पत्रकार भुपराज पाठकको निधन भएको छ । माडीका रक्तक्यान्सर एवं क्षयरोग पीडित पत्रकार भुपराज पाठकको भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करीब ७:३० बजे निधन भएको हो ।

गत मंसिर २१ गते रक्तक्यान्सर लागेको पुष्टी भएको उहाँको सुरुमा काठमाडौंस्थित त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा र त्यसपछि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार भएको थियो । तर क्यान्सरसंगै क्षयरोग समेतको संक्रमण देखिएसंगै पछिल्लो समय भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ल्याई उहाँको उपचार अगाडि बढेको थियो ।

माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक हुनुका साथै नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमितिका पूर्व सदस्य, नगर अपांग उत्थान समन्वय समिति माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मी समेत रहनुभएका पाठक दक्षिण एसियामै पहिलोपटक ब्रेल लिपीमा समाचार पढ्ने पत्रकार, हाँस्य कलाकार तथा लोकदोहोरी गायकका रुपमा बहुमुखी प्रतिभायुक्त कलाकारका रूपमा संधै स्मरणीय रहनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट