चितवन : नेकपा एमालेको युवा संगठन युवा संघकी केन्द्रीय सदस्य युवन्तिका राई नागरिकता किर्ते मुद्दामा दोषी ठहर भएकी छिन् । जिल्ला नयायाधीश केदारनाथ पौडेलको इजलासले राई सहित ७ जनालाई कसुर ठहरको फैसला गरेको हो ।
सजाय निर्धारण भने अर्को पेशीमा हुने चितवन जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । इलामको सूर्योदय नगरपालिका १० स्थायी ठेगाना भएकी राईले चितवनबाट २०६८ सालमा चितवनबाट छबिलाल तामाङकी छोरी बनेर नागरिकता लिएकी थिइन् ।
तर २०७९ सालमा छबिलालले नै आफ्नो युवान्तिका नाम गरेको कुनै छोरी नभएको, आफ्नो विवरण दुरुपयोग गरी झुठा विवरणका आधारमा नागरिकता लिएको भन्दै युवन्तिकाविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरीपछि पक्राउ परेकी युबन्तिकालाई चितवन जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा छोडेको थियो । इलामको सूर्योदय नगरपालिका १० स्थायी ठेगाना भएकी युवन्तिकाले चितवनबाट छबिलाल तामाङकी छोरीका रुपमा नागरिकता लिएकी छिन् ।
प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकी युवन्तिकाले आफ्ना बाबु प्रकाश राई र आमा सोमे राई इलाममा बस्दै आएको, आफ्ना बाबुुको नागरिकता नभएका कारण छबिलाल तामाङकी छोरी बनेर नागरिकता लिएको स्वीकार गरेकी थिइन् । साथै सोही नागरिकताबाट उनले पासपोर्ट समेत बनाएर विदेश आउने जाने गरेको बयानमा खुलाएकी छिन् । यस्तै उक्त नागरिकताबाट बैंकीङ कारोबार समेत गर्दै आएको उल्लेख गरेकी छिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij