भरतपुर : भरतपुर महानगरपालिका वडा नं–११, भोजाडस्थित अटोमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । ना २ ह २५३५ नम्बरको अटोमा बा ७२ प ८९९९ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक रत्ननगर–१३ बस्ने ५१ वर्षीय चक्रबहादुर घिसिङ गम्भीर घाइते भएका थिए । मापसे गरेका घिसिङलाई भरतपुर अस्पतालबाट नयाँ मेडिकल कलेज रेफर गरिएको थियो ।
त्यसपछि थप उपचारका लागि न्युरो अस्पताल बाँसबारी काठमाडौँ रेफर गरिएको थियो । पुनः नयाँ मेडिकल कलेजमा ल्याइ उपचार भइरहेकोमा डाक्टरले उपचार सम्भव नभएको सल्लाह दिएपछि घाइतेका आफन्तले घर लगेका थिए ।
सोमबार बेलुकी ४ः०० बजे घिसिङको घरमै मृत्यु भएपछि प्रहरीले मुचुल्कालगायत प्रारम्भिक कार्यगरी पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो । प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा रहेको र अटो चालक सम्पर्कमा रहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij