Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रत्ननगर १ मा नवजिवन स्वावलम्बन समूह गठन

रत्ननगर १ मा नवजिवन स्वावलम्बन समूह गठन

रत्ननगर :पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ मा रहेका अपाङ्गता भएकाहरुको भेलाले रोहीत होङ राइको संयोजक रहेको नवजिवन स्वावलम्बन समूह गठन गरेको छ । फाइदा परियोजनाको सक्रियतामा रत्ननगरमा आयोजित भेलाले राइको संयोजकत्वमा १६ सदस्यीय समूह गठन गरिएको हो ।

रत्ननगर वडा नम्बर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुलाई वडाले सहयोग गर्दै आइरहेको भन्दै आवश्यक सहयोग गर्न सधै तयार रहेको बताए । वडामा रहेका अपाङ्गता भएकाहरुको मनोबल बढाउने लगायतका उद्देश्य अनुरुप समूह गठन गरिएको उनले बताए ।

नव गठित समुहलाई सुरुवातको चरणमा अधिकार, ऐन कानून सम्बधि जानकारी गराई आगामी दिनमा व्यवसायिक योजनाको बारेमा परामर्श दिइने परियोजनाकी निशा मगरले जानकारी दिइन् ।

कार्यक्रमममा महिला तथा बालबालिक शाखा प्रमुख दिपा घिमिरे,नगरस्तरिय अपाङ्गता समूहको संयोजक मिनराज खनाल, पारियोजनका शंकर प्रसाद गैह्रै लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट