Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका चितवनमा चौथो

कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका चितवनमा चौथो

चितवन : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त गरेको छ ।१०० अंकभारको मूल्यांकनमा माडीले गतबर्षभन्दा निकै सुधारिएको सो अंक प्राप्त गरेको हो । कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा गत आर्थिक बर्ष २०७९/८०मा माडी नगरपालिका २६.२० अंकसहित चितवनका पालिकाहरुमध्ये सबैभन्दा कमजोर देखिएको थियो ।

कार्यसम्पादन मुल्यांकनमा चितवन जिल्लामा भरतपुर महानगरपालिका ७६.२ अंकसहित सबैभन्दा उच्च स्थानमा रहेको छ । भरतपुर महानगर देशका सबै महानगरमा समेत पहिलो स्थानमा रहँदै पछिल्लो २ बर्षको रेकर्ड पुनर्कायम गरेको हो ।

जिल्लामा दोश्रो स्थानमा ईच्छाकामना गाउँपालिकाले ७२, तेश्रो स्थानमा रत्ननगर नगरपालिकाले ७०.१, पाँचौं स्थानमा खैरहनी नगरपालिकामा ६६.८ र छैठौं स्थानमा कालीका नगरपालिकाले ६४.३ अंक प्राप्त गरेको छ । राप्ती नगरपालिकाको भने सातौं स्थानमा ४३.३ अंक रहेको छ ।वित्त आयोगले निर्धारित समयमा नगर/गाउँसभा, आवधिक र अन्य योजना, विभिन्न कर संकलन, विद्यालय भर्ना, सामुदायिक विद्यालयबाट एसइईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, पूर्ण खोप, सरसफाई, हरियाली प्रवर्द्धनको अवस्था लगायतलाई सूचकमा राखी बार्षिक रूपमा देशव्यापी मुल्याङ्कन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट