Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भण्डारामा योद्धा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

भण्डारामा योद्धा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

राप्ती : राप्ती नगरपालिका वडा नं–५, भण्डारास्थित बाबा पेट्रोल पम्पअगाडि जिपको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा नारायणगढदेखि हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ६०३८ नम्बरको योद्धा जिपले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा राप्ती–४, प्रेमबस्ती बस्ने ६० वर्षीय काजीमान सुनारको भरतपुर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ८ः५० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

घटनाबारे आफन्तलाई जानकारी दिइएको र ठक्कर दिने जिप तथा चालक सर्लाहीको लालबन्दी नगरपालिका वडा नं–६ बस्ने २३ वर्षीय विकाश बम्जनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट