Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा सबैभन्दा ठुलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै

चितवनमा सबैभन्दा ठुलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै

चितवन : चितवनको भरतपुरमा सबैभन्दा ठुलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १७ गतेदेखि २० गते सम्म दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण चितवनको भरतपुरमा हुने जानकारी गराएको हो ।

प्रतियोगिता भरतपुर १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रमुख प्रवर्धकको रुपमा भरतपुर महानगरपालिका रहने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन् ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रपैयाँ प्रदान गरिने छ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको थापा मगरको भनाई छ ।

प्रतियोगितामा नयाँ तथा पुराना सबै कलाकारले भाग लिन पाउने छन् । प्रतिष्ठानले चितवनमा पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो । यसभन्दा अघी काठमाडौं, बुटवल, धादिङ लगाएतका जिल्लाहरुमा दोहोरी प्रतियोगिता आयोजना गरिसकेको छ ।८ औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगितामा स्वदेश तथा बिदेशमा रहेका करिब पचास लाख नेपाली दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट