चितवन : नेपाल मगर संघ जिल्ला समिति चितवनको आयोजनामा एवं सगरमाथा डाइग्नोष्टिक सेन्टरको सह-आयोजनामा नेपालको प्रथम सहिद क्या.लखन थापा मगरको १४८ औं स्मृति दिवस रामनगर लखन पार्कमा मनाइएको छ।
सो कार्यक्रममा सगरमाथा डाइग्नोष्टिक सेन्टरद्वारा ३० भन्दा बढी उपस्थित सहभागीहरुको सुगर र पेसर निशुल्क चेकजाँच गरेका सगरमाथा डाइग्नोष्टिक सेन्टरका लक्ष्मी अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय सदस्य ठाकुर सिं आलेमगर,विशिष्ट अतिथि नेपाल मगर संघ चितवन जिल्ला अध्यक्ष लालबहादुर राना एवं अतिथि लखन पार्कका निवर्तमान अध्यक्ष जंगबहादुर भण्डारी,नेपाल आदिवासी जनजाती महासंघ जिल्लाका कोषाध्यक्ष हिरा आलेमगर,नेपाली आदिवासी जनजाति पत्रकार महा संघ चितवन जिल्ला अध्यक्ष तुलमान गुरुङ लगायतको उपस्थिति रहेको थियो भने लखन पार्क समिति रामनगरका अध्यक्ष निलकुमार थापामगरको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij