चितवन : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, भरतपुर महानगरपालिकाको अध्यक्षमा माध्यमिक विद्यालय, गङ्गानगर भरतपुरका अध्यक्ष सुदिप सुवेदी सर्वसम्मत चयन भएका छन् ।
महासंघको आज सम्पन्न भेलाले सुवेदीको अध्यक्षतामा ३३ सदस्ययी नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा हिमालय आधारभूत विद्यालय भरतपुर ११ का अध्यक्ष जगन्नाथ भण्डारी, सचिवमा आदीकवि भानु माविका अध्यक्ष रत्नलाल कडेँल र कोषाध्यक्षमा चमेलीदेवी पिया मावि भरतपुर ३ की अध्यक्ष निर्मला श्रेष्ठ रहेकी छिन् । भेला नारायणी नमुना माविका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij