Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक गम्भीर घाइते

भरतपुर : भरतपुर महानगरपालिका वडा नं-१०, विशाल चोकनजिकै भित्री सडक साइडमा रहेको गमलामा ठोक्किएर मोेटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।

ना ६४ प ५९३८ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक पर्साको वीरगन्ज घर भई हाल भरतपुर महानगरपालिका-१० पुरानो मेडिकल कलेजअगाडि डेरा गरी बस्ने २८ वर्षीय प्रतीक श्रीवास्तवको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलपछाडि सवार भरतपुर-१०, हाकिम चोक बस्ने २९ वर्षीय विवेक चापागाईं गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेकोमा श्रीवास्तवको शुक्रबार बिहान १ः१० बजे डाक्टरले मृत घोषणा गरेका हुन् । मृतकको धनुषा जनकपुर उपमहानगरपालिका वडा नं-८ घर भई हाल नयाँ मेडिकल कलेज भरतपुरमा कार्यरत डा. विक्रान्त नायकले सनाखत गरेको र घटनाबारे आफन्तलाई जानकारी भइसकेको प्रहरीले जनाएको छ । घाइते चापागाईंको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट