Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु

रत्ननगर : चितवनको पर्यटकीय नगरी सौराहामा बुधबारदेखि प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताए । माघ ३० गतेबाट ३ गते सम्म चल्ने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको खेलकुद व्यवस्थापन उपसमितिका संयोजक रामकाजी आधिकारीले जानकारी दिए । प्रतियोगिताको वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा नं ६ की कार्यबहाक अध्यक्ष केशरीमाया सुनार, रेवानका अध्यक्ष गिरीले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो प्रतियोगितामा बसन्तपुर युनाइटेड क्लव माडी विजयी भएको छ ।

हेटौडा फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बसन्तपुर युनाइटेड क्लव विजयी भएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने बसन्तपुर युनाइटेड क्लवका निश्चल सुनार म्यान अफ दी म्याच घोषित भएकी थिइन् । भोली विहीबार सेन्टर कलेज रत्नप्रिय क्लव र जनजागृती क्लव मनहरी बीच खेल हुने खेलकुद उपसमितिका संयोजक रामकाजी अधिकारीले जानकारी दिए । रत्नप्रिय क्लवको समन्वयमा आयोजित प्रतियोगिताको विजेतालाई उपाधि सहित ३० हजार र उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने छ ।

सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण सुरु भएको हो । प्रणय दिवसको अबसर पारेर हरेक बर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गरी आयोजना गरिएको फेस्टिबल मार्फत समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासँस्कृति÷भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने कार्यक्रम संयोजक शम्भूप्रसाद मालीले जानकारी दिए । फेस्टिवलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक बृद्धि हुने उनले बताए । फागुन ३ गते सम्म चल्ने फेस्टिबलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर÷वेटरेस बीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, रक्तदान ब्याटमिन्टन प्रतियोगिता हुने छ ।

९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबल अबधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोढ सम्म कारोबार हुने अपेक्षा गरिएको छ । फेस्टिबल अबलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्निे रेवान सौराहाका महासचिव नविन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल अबधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट दिइएको फेस्टिवलका सहसंयोजक कृष्ण भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट