कालिका : पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका छन् ।
बुधवार प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्रमा नगर प्रमुख रेग्मीले लगानी बोर्डका सिईओ ज्ञवाली सहित चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, सदस्य गोविन्द प्रसाद खनाल लगाएतको टोलीसंग भेट गरेकाहुन् ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७३ फागुन ३ गतेको मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्रको निर्णय गरेको थियो । कालिका नगरपालिकाको झन्डै १ हजार ८ सय बिद्यामा औधोगिक क्षेत्र निर्माण हुनेभएपछि लगानी बोर्डका सिईओ ज्ञवाली औधोगिक क्षेत्रमै पुगी अनुगमन गरेकाछन् । साथै, सोही अवसरमा चितवनको ऐतिहासिक एंव धार्मिक नयाँ निर्माण भएको कालिका भगवती मन्दिरको पूजाआजा गरी मन्दिरको अनुगमन समेत गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij