भरतपुर : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको १३२ के.भी विद्युत प्रसारण लाइन भोलि बुधबारदेखि ४ दिन सम्म गणेस्थान फिडर अवरुद्ध हुने भएको छ ।आँपटारीस्थित न्यू भरतपुर सब–स्टेशनदेखि बसेनीको पुरानो भरतपुर सब–स्टेशनसम्मको १३२ के.भी प्रसारण लाईनमा तार अपग्रेड गर्नुपर्ने भएकाले विद्युत सेवा अबरुद्ध हुने भएको हो ।नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार विहान ८ बजेदेखि ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।
वितरण केन्द्र अन्तर्गतको गणेस्थान फिडर अनियमित हुँदा भरतपुर वडा ११ अन्तर्गत भोजाड–पदमपुर मार्ग, बसेनी, विशाल चोक, बर्मेली चोक, नेपाल पोलिटेक्निक, के.बि.लाईन लगायतका आसपासका क्षेत्रमा विद्युत सेवा अनियमित हुने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij