चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चितवनले जिल्लाभर जनयुद्ध दिवस उत्सवका रुपमा मनाउने भएको छ । नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोण सिवाकोटीका अनुसार जनयुद्ध दिवसको दिन भोली फागुन १ गते सबै पालिकामा विभिन्न कार्यक्रहरु गरि उत्सवको रुपमा जनयुद्ध दिवस मनाउने भएको हो । चियापान, रक्तदान लगायत विभिन्न कार्यक्रम गरि मनाइने भएको हो । साथै वडा वडामा पनि कार्यक्रमहरु हुने छन् । साँझ प्रत्येक वडामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij