Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बागमतीका वनमन्त्री सिलवालद्वारा सिन्धुलीको वन डिभिजनमा अनुगमन

बागमतीका वनमन्त्री सिलवालद्वारा सिन्धुलीको वन डिभिजनमा अनुगमन

​

 सिन्धुली : बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले डिभिजन वन कार्यालय सिन्धुलीमा अनुगमन गर्नुभएको छ । मन्त्री सिलवाल आज मंगलबार सिन्धुली आउनु भै मन्त्रालय मातहतको कार्यालय डिभिजन वन कार्यालय सिन्धुलीको अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा सिन्धुली आउनुभएको वनमन्त्री सिलवाललाई डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख डिभिजन वन अधिकृत रामकुमार भण्डारी लगायतको कर्मचारीहरुले स्वागत गर्नुभएको थियो भने उहाँले हालसम्म कार्यालयले गरेको प्रगति विवरणको बारे मन्त्री सिलवाललाई जानकारी गराउनुभएको थियो ।मन्त्री सिलवालले कार्यालयको प्रगती विवरण बारे जानकारी लिदै वन कर्मचारीप्रति समुदायको हेर्ने दृष्टिकोण उति साह्रो राम्रो नभएकोले सधै इमान्दार भएर काम गरी समुदायको हेर्ने दृष्टिकोण बदल्न निर्देशन दिनुभयो ।

17392802339601739281600.jpg​

मन्त्री सिलवालको अनुगमन टोलीमा वन तथा वातावरण मन्त्रालय बागमतीका सचिव डा. केदार बराल लगायत रहनुभएको छ ।

यस्तै मन्त्री सिलवालले मंगलबार नै कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समुहले संचालन गरेको सामुदायिक सःमिल तथा फर्निचर सप्लायर्स उद्योगको समेत अनुगमन तथा निरिक्षण गर्नुभएको थियो भने उक्त वन समूहका उपभोक्ताहरुले उद्योग संचालनमा आएको कठिनाई बारे अवगत गराएका थिए ।

17392802339741739281601.jpg​

17392802339251739281599.jpg​

17392802339431739281598.jpg​

17392802338981739281596.jpg​

17392802339111739281596.jpg​

​

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट