Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेविसंघ चितवनमा लफडा : अलग्गै गुट बनाएर अध्यक्ष घोषणा

नेविसंघ चितवनमा लफडा : अलग्गै गुट बनाएर अध्यक्ष घोषणा

चितवन : अलग्गै समुह बनाएर नेविसंघ जिल्ला अध्यक्ष घोषणा गरिएको प्रति नेपाल विद्यार्थी संघ चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ चितवनका कार्यवहाक अध्यक्ष प्रकाश भण्डारीले सोमबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्रवादी विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी संघको मर्यादामा आँच आउने गरी नेविसंघ चितवनको अध्यक्ष चयन गरिएको भन्ने सामाजिक सञ्जालमा भ्रामक बिषय फैलाइएको भनी त्यसको खण्डन गर्दै आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘ मुलुकको सबैभन्दा ठुलो र प्रभावशाली लोकतन्त्रवादी संस्था नेपाल विद्यार्थी संघको नामबाट चितवन जिल्ला भेला गरी अध्यक्ष चयन गरिएको भन्ने भ्रामक समाचार प्रति नेपाल विद्यार्थी संघ चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।‘ विज्ञप्तिमा अघि भनिएको छ ,‘नेपाली कांँग्रेस महासमिति वैठकले निर्देशित गरेअनुसार नेविसंघ केन्द्रिय समितिको परिपत्र बमोजिम जिल्ला र यस अन्तर्गतका संरचनाहरुको संगठन विस्तार , सदस्यता वितरण र अधिवेशनका कार्यहरु प्रारम्भ गरिएको अवस्थामा यस प्रकारका गतिविधिहरु संगठनको हित विपरीत र आसन्न स्ववियु निर्वाचनमा नेविसंघको कमजोर उपस्थिति गराउने प्रपञ्चमात्र भएको ठहर गरिएको छ ।’

विज्ञप्तिमा सम्पुर्ण नेविसंघका विद्यार्थीहरूलाई संगठनको मर्म, भावना र विधिसम्मत गतिविधि गर्न समेत अनुरोध गर्दै काल्पनिक स्वार्थ र व्यक्ति केन्द्रित गतिविधिबाट टाढा रहेर नेविसंघ चितवनको अधिवेशन सम्पन्न गर्न र संगठनको सम्पूर्ण शक्ति आसन्न निर्वाचनमा नेविसंघलाई विजय गराउन केन्द्रित हुन समेत अपिल गरिएको छ ।

नेविसंघ केन्द्रिय समितिले माघ २७ गतेनै कार्यबहाक अध्यक्ष भण्डारीको संयोजनमा नेपाल विद्यार्थी विधान २०२७ ( सातौं शंशोधन २०७५) को धारा ६(६) बमोजिम गठित जिल्ला कार्यसमितिको विधिवत अधिवेशन सम्पन्न गर्न र प्रभावकारी कार्यसम्पादन गर्न गराउन उल्लिखित विधानको धारा १२ (८) व्यवस्था बमोजिम भण्डारीलाई कार्यदेश प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट