चितवन : बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो ।
सरस्वती मावि, साझापुर मावि, आदर्श मावि, भीमनगर मावि, जनज्योती प.द.म मावि र शारदा माविका विद्यार्थी खेलाडीहरुलाई जर्सी सहयोग गरिएको हो । चनौली पार्टी प्यालेसमा एक कार्यक्रमका बीच खेलाडी र विद्यालयका शिक्षक प्रतिनिधिलाई जर्सी हस्तान्तरण गरिएको छ ।
जर्सी हस्तान्तरण कार्यक्रमा बोल्दै भरतपुर महानगरपालिका वडा नम्बर १८ का खेलकुद विकास संयोजक कविराज तामाङले विद्यार्थीहरुलाई जर्सी वितरण गरेर बेस्ट डेस्टिनेशनले उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिए ।
बेस्ट डेस्टिनेशनका प्रबन्ध निर्देशक संजय कुँवरले विद्यार्थीलाई शिक्षा सँगसँगै खेलकुदमा पनि अग्रसर बनाउनुपर्छ भनेर खेलकुदका सामग्री सहयोग गर्ने गरिएको बताए । देशमा खेलाडी उत्पादन गर्न विद्यालय तहबाटै खेलकुदलाई प्रोत्साहन गरिनुपर्ने उनको धारणा छ ।सामाजिक उत्तरदायित्व बहन गर्दै बेस्ट डेस्टिनेशनले समाजमा विभिन्न योगदान पुर्याउँदै आएको बताउँदै उनले खेलाडीलाई हौसला प्रदान गर्न यसपटक जर्सी वितरण गरिएको जनाए ।
उनका अनुसार पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले उच्च शिक्षा अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, साउथ कोरिया, युके, युएई जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । जापानीज भाषा, आईईएलटिएस, पिटिई कक्षाहरु सञ्चालन गर्नुका साथै प्रोशेसिङ्गमा विद्यार्थीलाई सहयोग गर्ने कामहरु बेस्ट डेस्टिनेशनले गरिरहेको प्रबन्ध निर्देशक कुँवर बताउँछन् ।बेस्ट डेस्टिनेशनले शैक्षिक परामर्श दिनुका साथै एसईई पछाडिका विभिन्न ब्रिज कोर्स, विभिन्न तहका कम्प्युटर कक्षाहरु, विभिन्न विधाका तालिमहरु चनौलीबाटै प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij