Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरमा ईभी कारको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

भरतपुरमा ईभी कारको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

चितवन : भरतपुर–१४ भावना चोकमा ईभी कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार भरतपुर–१४ बस्ने २१ वर्षीय रोशन अधिकारीको आज बिहान ५ः४५ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकल चालक कालिका नगरपालिका–८ शक्तिखोर बस्ने वर्ष २० को प्रदीप खत्रीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएकोे छ । आइतवार बेलुका ५ः४० बजेको समयमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागती प्रदेश ०१–०२९ च ७५९७ नम्बरको ईभी कार र शिवनगर स्कुलबाट हनुमाननगरतर्फ आउदै गरेको बागमती प्रदेश०६–००१प ५०४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालक भरतपुर–२० बस्ने वर्ष ३४ को सविनराज लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट