चितवन : नेकपा एमाले खैरहनी नगरकमिटीको दोस्रो नगर अधिवेशन यही माघ २८ र २९ गते हुँदैछ । आयोजकले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र सोमबार भब्य समारोहकी बीच पार्टीका उपमहासचिव प्रदिप ज्ञावलीले उद्घाटन गर्ने जानकारी दिएको छ ।
समृद्ध खैरहनी निर्माण गर्ने हाम्रो सान, खैरहनीबासीलाई सुखी बनाउने नेकपा एमालेको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने नगर अधिवेशनमा १३ वटा वडाबाट छनौट भएर आएका २०३० जना प्रतिनिधिहरु सहभागी हुने नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले जानकारी दिए । अधिवेशन उद्घाटन पूर्व खैरहनीमा भब्य शोभायात्रा निकाल्ने तयारी गरिएको छ ।
अधिवेशनको पूर्वसन्ध्यामा आइतबार मोटरसाइकल ¥याली निकालिएको छ । पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले पार्टीलाई एकताबद्ध बनाउन सर्वसम्मत नगर कमिटी चयन गर्ने नीति एमालेले अख्तियार गरेको बताए ।
पार्टी संकटमा रहेको बेला चुनावी प्रतिस्पर्धा गर्दा गतल सन्देश जाने भएकाले पार्टीका सबै तहका नेताहरुको चित्त बुझाएर सर्वमान्ने कमिटी गठन गर्ने योजना रहेको उनले बताए । केन्द्रीय सदस्य प्रभा बरालले जिल्लाका पालिकाहरुमा सर्वसम्मत नगर कमिटीहरु चयन भइरहेको भन्दै खैरहनीको सही बमोजिम हुने बताइन् ।
कार्यक्रममा नगर इन्चार्ज मुकुन्द दाहालले खैरहनीको नगर अधिवेशनलाई भब्य बनाउने गरी तयारी गरिएको बताए । प्रतिनिधि छनौटमा देखिएको सौहार्दपूर्ण बाताबरण नगर कमिटी चयनमा पनि देखापर्ने विश्वास व्यक्त गरे । अधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि ५५ सदस्यीय नगर समिटी चयन गर्ने छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij