Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवन बस दुर्घटना अपडेटः घाइतेको संख्या २४ पुग्यो,२ गम्भिर

चितवन बस दुर्घटना अपडेटः घाइतेको संख्या २४ पुग्यो,२ गम्भिर

चितवन : चितवनमा बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु.प्र.०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो । बसमा सवार २८ जनामध्ये २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट