Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सौराहामा फुड फेस्टिबल : रेवान कप महिला फुटवल प्रतियाेगिता हुने

सौराहामा फुड फेस्टिबल : रेवान कप महिला फुटवल प्रतियाेगिता हुने

चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेष्टिबल अन्तर्गत प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । खेलकुदकाे माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियाेगिता आयाेजना गरिएकाे हाे ।

माघ ३० गतेबाट ३ गतेसम्म चल्ने प्रतियाेगितामा ६ वटा टिमकाे सहभागिता रहेकाे खेलकुद व्यवस्थापन उपसमितिका संयाेजक रामकाजी आधिकारीले जानकारी दिए । रेवान साैराहाकाे आयाेजना र रत्नप्रिय क्लवकाे समन्वयमा आयाेजित प्रतियाेगिताकाे विजेतालाई ३० हजार र उपविजेतालाई १५ हजार प्रदान गरिने छ ।

सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अबसर पारेर हरेक बर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ ।

चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा हुने फेस्टिवल सुरु हुँदैछ । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति/भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको अध्यक्ष गिरीले बताए । फेस्टिवलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक बृद्धि हुने उनले बताए ।

फागुन ३ गते सम्म चल्ने फेस्टिबलमा बहुल जातजातीहरुको झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर/वेटरेस बीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने फेस्टिबलका संयोजक शम्भूप्रसाद मालीले जानकारी दिए । ९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबल अबधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोढ सम्म कारोबार हुने अपेक्षा गरिएको छ ।

फेस्टिबल अबलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्निे रेवान सौराहाका महासचिव नविन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।फेस्टिबल अबधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा समेत सार्वजनिक गरिएकाे फेस्टिवलका सहसंयाेजक कृष्ण भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट