Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पर्यटन क्षेत्रलाई गति दिन बछौली माविमा मौलिक खानाको प्रदर्शनी हुने

पर्यटन क्षेत्रलाई गति दिन बछौली माविमा मौलिक खानाको प्रदर्शनी हुने

चितवन : सौराहाको सुस्ताएको पर्यटन क्षेत्रलाई गति दिन रत्ननगर नगरपालिका वडा न। ६ बछौलीमा रहेको बछौली माविका विधाार्थीहरुले शनिबार नेपाली मौलिक खानाको प्रदर्शनी गर्ने भएका छन ।बिधार्थीहरुले मौलिक खानाका नयाँ स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएर खाना प्रदर्शनी गर्न लागिएको विधालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले बताए ।

बछौली माविमा अध्यनरत होटल म्यानेजमेन्टका बिधार्थीहरुले नेपाली मौलिक खानाका परिकारहरुको प्रदर्शनी गर्ने भएका हुन । करिब ५ ओटा स्टलमा विभिन्न जातजातिकाका २० प्रकारका रैथाने खाना प्रदर्शनीमा राखिने बिधालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले बताए ।

उक्त खाना प्रदर्शनीको उद्घाटनका लागि बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी आउने कार्यक्रम तय भएको खनालले बताए । सो प्रदर्शनी शनिबार दिउसो १ बजेबाट विधालय परिसरमा हुने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट