Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सकियो रविको बयान, थुनछेक बहसमा यी वकिलले दर्ता गरे वकालतनामा

सकियो रविको बयान, थुनछेक बहसमा यी वकिलले दर्ता गरे वकालतनामा

चितवन : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। अहिले थुनछेक बहसको तयारी सुरू भएको छ। थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेेछन्।

लामिछानेकोतर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र अधिवक्ताहरू नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता भएको विश्वकर्माले बताए। सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij