Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सकियो रविको बयान, थुनछेक बहसको तयारी

सकियो रविको बयान, थुनछेक बहसको तयारी

चितवन : चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसंगै थुनछेन बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् । सरकारी वकीलको तर्फबाट तीन जना, सहकारी पिडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालतनामा दर्ता गरेका छन् ।

जिल्ला सरकारी वकीलको कार्यालय चितवनले मंगलवार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij