Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चारवटा गैँडाको भयो आन्तरिक स्थानान्तरण

चारवटा गैँडाको भयो आन्तरिक स्थानान्तरण

नवलपुर : शनिबारदेखि चितवन राष्ट्रिय निकुञ्जले सुरू गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ । निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षको पोथी, नमुना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई स्थानान्तरण गरेर निकुञ्जको पूर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा पठाइएको हो ।

सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिसअनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिएपछि २०८० को चैत महिनामा पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो ।

जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिकरुपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउँदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने बताउँदै आएको छ ।

आनुवांशिक विविधता मिलाउनका लागि पनि गैँडा स्थानान्तरणले मह¤वपूर्ण भूमिका खेल्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बताए । ‘एक ठाउँको गैँडालाई अर्को ठाउँमा लगेर क्रस गराएर आनुवांशिक विविधता मिलाउन आन्तरिक स्थानान्तरणले मह¤वपूर्ण भूमिका खेल्छ’, उनले भने । यसरी स्थानान्तरण गरेर नयाँ ठाउँमा लगिएका गैँडा र त्यहाँका गैँडाबीच प्रजनन भएर जन्मिएका गैँडामा रोगप्रतिरोधक क्षमता पनि बढी रहने उनको भनाइ थियो । गैँडा स्थानान्तरणको विषयलाई लिएर यहाँका पर्यटन व्यवसायी, होटल व्यवसायी एवं संरक्षणकर्मीहरुले विरोध गरे पनि स्थानान्तरणको बेला भने कसैले आवाज उठाएनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij